राष्ट्रिय हवाई नीति २०७६ आउँदै, मस्यौदा सरकारलाई हस्तान्तरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय हवाई नीति २०७६ आउँदै, मस्यौदा सरकारलाई हस्तान्तरण


७ फाल्गुन २०७६, बुधबार


काठमाडौँ । राष्ट्रिय हवाई नीति परिमार्जन गर्न गठित कार्यदलले तयार पारेको मस्यौदा सरकारलाई हस्तान्तरण गरेसँगै राष्ट्रिय हवाई नीति २०७६ आउने भएको छ ।

कार्यदलका संयोजक यज्ञप्रसाद गौतमले बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई प्रस्तावित ‘राष्ट्रिय हवाई नीति २०७६’ बुझाएका हुन् ।

मस्यौदा बुझ्दै मन्त्री भट्टराईले हवाई क्षेत्रको सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताउँदै उपभोक्तालाई दिने सेवामा केन्द्रित भएर हवाई नीति आएको बताए ।

सबै क्षेत्रमा सरकारी सेवा उपलब्ध गराउन सम्भव नभएकोले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीति ल्याउन लागेको मन्त्री भट्टराईको भनाई थियो ।

राष्ट्रिय हवाई नीतिमा १५ वर्ष भन्दा बढी समय उडेका र ३५ हजार साइकल पुरा गरेका जहाज खरिद गर्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै ५ वर्ष भन्दा कमका जहाज खरिदमा सरकारले सहुलियत दिने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस