२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुँडिखेलमा ७० औँ प्रजातन्त्र दिवस मनाईँदै (फोटो फिचर)

अ+ अ-

काठमाडौं । आज देशभर ७० औं प्रजातन्त्र दिवस मनाइँदै छ । १०४ वर्षे जहानियाँ राणा शासनको अन्य भई प्रजातन्त्र आएको दिन आज फागुन ७ गतेको स्मरणमा देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

सरकारले फागुन ७ गतेलाई राणाशासनको अन्य गरी प्रजातन्त्र आएको दिनको सम्मानमा औपचारीका कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ । ७ सालको प्रजातन्त्रकै जगमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाकै लागि चार शहिद लगायत थुप्रै नेपालीले ज्यानको आहुति दिएका छन् । प्रजातन्त्र स्थापनका लागि आपफ्नो जीवन बलिदानी दिएका छन् । विसं १९९७ माघमा शहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले प्रजातन्त्र स्थापनाकै लागि बलिदानी दिएका थिए। उनीहरुले प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएका थिए । त्यसकै अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

वि.स. २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको एकीकरणपछि बनेको नेपाली काँग्रेसको स्थापना भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।

प्रजातन्त्र स्थापनाको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ।

७०औँ दिवस मूलसमारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ।

दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन र काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा चौर, कवाज, ब्यायाम व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ।

फागुन ६ गतेदेखि ८ गते सम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने छन्।

मुख्य दिन आज फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिएको छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिएको छ ।

यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । यस्तै फागुन ६, ७ र ८ गते घर–घरमा साँझ दीपावली गर्न तथा विद्यालय, सङ्घ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ।

विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ।

यस्तै काठमाडौँ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने छ। प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति गठन गरी दिवस मनाइने छ।

७०औँ प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्मसिना सहभागी ।

 मार्च पास गर्दै नेपाली सेना

टुँडिखेलमा आयोजित समारोहमा सांस्कृति कला प्रस्तुत गर्दै कलाकार

७० औँ प्रजातन्त्र दिवसको अवसरमा बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा शान्तिको प्रतिक परेवा उडाउँदै नेपाली सेना

७० औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत ।

आयोजित समारोहमा प्रजातन्त्र दिवसको व्यानरसहित हेलिकप्टर

प्रधानमन्त्री केपी शर्मा ओली ७० औँ प्रजातन्त्र दिवसको अवसरमा बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी ७०औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा सहभागी । तस्वीर: रासस