महराको सांसद पद निलम्बन फुकुवा, सेवा सुविधा पाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महराको सांसद पद निलम्बन फुकुवा, सेवा सुविधा पाउने


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । अदालतबाट सफाइ पाएसँग महराको सांसद पद निलम्बन फुकवा हुने भएको छ ।

जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वसभामुख महराले सांसदको सेवा सुविधापाउने भएका हुन् ।

संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वतः निलम्बित थिए।

बलात्कार प्रयास अभियोग लागेसँगै महराले सभामुख पदबाट भने राजीनामा दिएका थिए। तीन वर्षभन्दा बढी सजाय तोकिने फौजदारी मुद्दा चलेपछि स्वतः निलम्बित उनको सांसद पद र सेवासुविधा पनि फुकुवा हुनेछ।

अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा पुनः संसदमा प्रवेश गर्न पाउनेछन्।

महराविरुद्ध जवरजस्ती करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्षसहित साढे ७ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस