आरआरमा दुई विद्यार्थी समूहबीच कुटाकुट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आरआरमा दुई विद्यार्थी समूहबीच कुटाकुट


५ फाल्गुन २०७६, सोमबार


काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का दुई विद्यार्थी समूहबीच कुटाकुट भएको छ। सोमबार बिहान दुई समूहबीच कुटाकुट भएपछि प्रहरी परिचालन गरिएको हो।

नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ। तर अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको बताएको छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले कक्षाकोठामा पढ्न जाँदै गरेका आविष्कार पौडेल, सुमन खड्का र कुशल बस्नेतमाथि आक्रमण भएको जानकारी दिएका छन्।

प्रहरीले घटनापछि नेविसंघ समर्थित विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले बताए। पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखेको छ।

अखिलका नेता आरसी लामिछानेले दुई समुहबीच झगडा भए पनि सांगठानिक नभएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस