सर्वोच्चले निजगढ विमानस्थलसम्बन्धी दुई मुद्दा पूर्ण इजलासमा पठायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चले निजगढ विमानस्थलसम्बन्धी दुई मुद्दा पूर्ण इजलासमा पठायो


४ फाल्गुन २०७६, आइतबार


High Court_Sarbocha adalat

काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलसम्बन्धी दुईवटै रिटलाई पूर्ण इजलासमा पठाएको छ ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले दायर गरेको दुई अलग अलग रिटलाई एकै पटक सुनुवाई गर्न पूर्ण इजलासमा पठाएको हो ।

दुईवटै रिटमा आइतबार सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

निजगढमा वन क्षेत्र मासेर विमानस्थल बनाउँदा धेरै रुख काट्नुपर्ने, त्यसले जैविक विविधता, वन्यजन्तुको बासस्थान मासिने लगायतको कारण देखाउँदै उक्त विमानस्थल निर्माणको काम रोक्न माग गर्दैै सर्वोच्चमा रिट दायर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस