२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व मन्त्री गच्छदारसहित १७२ विरुद्ध सीआईबीमा किटानी जाहेरी दर्ता, पक्राउ गर्न बाटो खुला

अ+ अ-

काठमाडौँ । ललिता निवास प्रकरणका आरोपित विरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा ठगी मुद्दा दर्ता भएसँगै आरोपित बनाइएकालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ ।

गृह मन्त्रालयको जाहेरी अनुसार आइतबार सीआईबीले औपचारिक रूपमा मुद्दा दर्ता गरेसँगै पक्राउ गरी अनुसन्धान गर्न बाटो खुलेको हो ।

केही दिन अघि गृह मन्त्रालय अन्तरगतको समर जङ्ग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपुर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्व मन्त्री, ३ पूर्वसिचवसहित १७२ जना माथि मुलुकी ऐन, २०२० र मुलुकी अपराध(संहिता) ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो । ललिता निवासको जग्गा सुवर्ण शम्सेर तथा उनका आफन्तबाट २०२१ सालमा सरकारले मुआब्जा दिएर गृह मन्त्रालयको सरकारी कार्यालय समर जङ्ग कम्पनीको रेखदेख र स्वामित्वमा रहने गरी कायम गरेको थियो ।

सीआईबीले जग्गा हत्याउन २०४९ सालमा ४८ जना, २०६१ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी १७२ जनाले किर्ते र ठगी गरेको भन्दै आरोपितमाथि मुद्दा चलाउन गृहलाई राय पेस गरेको थियो ।

जाहेरीअनुसार आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्नेछ ।

ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते गच्छदारसहित ११० जनालाई बिगो र कैद तथा ६५ जना विरुद्ध जग्गा फिर्ताको माग दाबीसहित विशेष अदालतमा आरोप पत्र गरेको थियो ।