अख्तियारद्वारा इन्जिनियर चौधरीविरुद्ध आरोपपत्र दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियारद्वारा इन्जिनियर चौधरीविरुद्ध आरोपपत्र दायर


२ फाल्गुन २०७६, शुक्रबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर जितेन्द्र कुमार चौधरीविरुद्ध ३५ लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका अनुसार सिनियर डिभिजन इन्जिनियर चौधरीले उक्त कार्यलयमा कार्यालय प्रमुख रहँदा भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट विभिन्न मितिमा श्रीमतीको खातामा रकम जम्मा गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनले मोविलाइजेसनका नाममा ३५ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाएको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले शुक्रबार चौधरीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार घुसवापतको रकम जफत मागदावी सहित आरोपपत्र दायर गरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस