प्रशासनमा सुटुक्क हाजिर भएर छुटे दुर्गा प्रसाईं « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

प्रशासनमा सुटुक्क हाजिर भएर छुटे दुर्गा प्रसाईं


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं प्रशासनमा सुटुक्क हाजिर भएर छुटेका छन् । मानहानिको मुद्दामा फरार रहेका प्रसाई बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा उनी हाजिर भएका हुन् ।

हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन् ।

झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस अथवा १० प्रतिशत सेयर मागेको आरोप लगाएका थिए ।

प्रसाईंको आरोपविरुद्ध अयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेका थिए । अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै प्रसाईं फरार रहँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस