कोरोना भाइरसबाट एकै दिन २४२ को मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरसबाट एकै दिन २४२ को मृत्यु


प्रशासन संवाददाता

१ फाल्गुन २०७६, बिहिबार


चीनका स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरस प्रकोप (कोभिड–१९)बाट बुधबार एकै दिन २४२ को मृत्यु भयो । मर्ने सबै प्रकोपको उद्गमस्थल हुवेई प्रान्तका छन् ।

योसँगै प्रकोपबाट मर्नेको संख्या १३६२ पुगेको छ । प्रान्तका स्वास्थ्य आयोगका अनुसार बुधबार मृतकको संख्यामा मात्र होइन नयाँ विरामीको संख्यामा पनि उलेख्य वृद्धि देखियो ।
आयोगका अनुसार बुधबार मध्य–रातअघिको २४ घण्टामा १४,८४० नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

प्रकोपको उद्गमस्थल हुवेई प्रान्तको स्वास्थ्य आयोगले जारी गरेको एक वक्तव्य अनुसार नयाँ चिकित्सकीय विधिबाट समेत विरामी पहिचान गर्न थालिएको छ ।

अघिल्लो हप्ता सरकारी संचारमाध्यमले हुवेईले प्रकोपको पुष्टि गर्नको लागि सीटी स्क्यान प्रयोग गर्न थाल्ने बताएको थियो । यसबाट अस्पतालमा संक्रमितलाई अलग्याउन सहज हुने तिनले बताएका थिए ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चीनमा ५९,६५१ पुगेकोमा त्यसमध्ये ४८,२०६ जना हुवेई प्रान्तका मात्र छन् ।

त्यस्तै चीनबाहिर हालसम्म ४४५ जना संक्रमित भएका छन् । चिनियाँ अधिकारीका अनुसार हुवेई प्रान्तबाहिर भने विगत आठ दिनदेखि नयाँ संक्रमित देखिन क्रम घटिरहेको छ ।
त्यस्तै उपचारमा रहेकामध्ये ५ हजार ६ सय ४६ निको भएर घर फर्किएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस