कुवेतको ढुङ्गाखानीमा एक दर्जन बढी नेपाली पुरिएको आशंका, ६ जनाको शव निकालियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कुवेतको ढुङ्गाखानीमा एक दर्जन बढी नेपाली पुरिएको आशंका, ६ जनाको शव निकालियो


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । कुवेतको एक ढुङ्गाखानीमा एक दर्जनभन्दा बढी नेपाली पुरिएको आशंका गरिएको छ । बम पड्काएर ढुङ्गा फुटाउने क्रममा कुवेतको मुतलामा भएको दुर्घटनामा दर्जन बढी नेपाली नागरिकको ज्यान गएको आशंका गरिएको अरब टाइम्सले जनाएकाृ छ ।

हालसम्म ५ जनाको शव निकालिएको छ भने खाडलमा पसेका १३ नेपाली र एक भारतीय नागरिक त्यहीँ पुरिएको बताइएको छ।

नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो।

कुवेतले अहिलेसम्म सो दुर्घटनामा पर्ने कामदारहरुको संख्या सार्वजनिक गरेको छैन। खाडलमा पसेका मजदुरहरुको एकीन संख्या पनि बाहिर आएको छैन।

निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना सार्वजनिक भएको हो।

उनीहरुका अनुसार अहिलेसम्म सुरक्षाकर्मीले ६ जना मजदुरको शव खाडलबाट बाहिर निकालेको छ। अन्यको खोजीकार्य भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस