भ्रष्टाचारबारे भ्रष्टाचारीकै बोली चर्को -प्रधानमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भ्रष्टाचारबारे भ्रष्टाचारीकै बोली चर्को -प्रधानमन्त्री


२८ माघ २०७६, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचारीभन्दा भ्रष्टाचारीले भ्रष्टाचारको बारेमा चर्को बोल्ने गरेको बताएका छन् । ।

मङ्गलवार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारको आदेशमा अख्तियारले मुद्दा लगाएको भन्दै आलोचना भइरहेको बेला सरकारले अख्तियारलाई आदेश नदिएको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले संवैधानिक निकायलाई सरकारले हस्तक्षेप गर्ने कुरै नभएको बताए।

प्रधानमन्त्री ओलीले सरकारले संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको बताएका छन् ।

‘सरकारले अख्तियारलाई आदेश दियो भनेर मान्छेमा भ्रम छर्ने कोसिस भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छ ।’

ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने दोहोर्‍याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस