चीनबाट नेपालीको उद्धार गर्न फेब्रुअरी १५ मा वाइडबडी चीन जाने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

चीनबाट नेपालीको उद्धार गर्न फेब्रुअरी १५ मा वाइडबडी चीन जाने


२७ माघ २०७६, सोमबार


काठमाडौं । चीनमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ ।

चीनको कोरोना भाइरस संक्रमित क्षेत्रमा रहेका नेपालीको उद्धार गर्न फागुन ३ गते अर्थात फेब्रुअरी १५ तारिखमा सो जहाज चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।

कोरोना भाइरसको केन्द्र रहेको चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस