आईसीसी यू–१९ : भारतलाई हराउँदै बंगलादेश बन्यो विश्व च्याम्पियन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आईसीसी यू–१९ : भारतलाई हराउँदै बंगलादेश बन्यो विश्व च्याम्पियन


२७ माघ २०७६, सोमबार


काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा भारतलाई हराउँदै बंगलादेश विश्व च्याम्पियन बनेको छ ।

बंलादेशले दक्षिण अफ्रिकाको पोचेफस्टरूममा भएको फाइनलमा भारतलाई डीएल मेथडका आधारमा ३ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।

भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गरेको थियो ।

भारतले दिएको १ सय ७८ रनको लक्ष्यसहित बंगलादेशले ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएपछि डीएल मेथडका आधारमा बंगलादेशले नयाँ लक्ष्य पाएको थियो।

बंगलादेशको जितमा परभेज होसेनले ४७ रन जोड्दा कप्तान अकबर अली ४३ रनमा अविजित रहे। भारतका रबि बिस्नोईले ४ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४७ ओभर २ बलमा अलआउट हुँदै १ सय ७७ रनमा सिकित थियो। भारतका लागि भुपेन्द्र कुमार जैसवालले ८८ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै तिलक बर्माले ३८ रन बनाउँदा धुर्ब जुरेलले २२ रन बनाए।

बंगलादेशका अभिषेक दासले ३ विकेट लिए। त्यस्तै सोरिफुल इस्लाम र हसन साकिबले समान २–२ विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस