चितुवाको आक्रमणबाट पोखरामा नौ बर्षीया बालिकाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितुवाको आक्रमणबाट पोखरामा नौ बर्षीया बालिकाको मृत्यु


२४ माघ २०७६, शुक्रबार


बालक

कास्की । चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ ।

बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका ९ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी ए ।

दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताए।

प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् । यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस