नापी सर्वेक्षक खत्री ३५ हजार घूससहित पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नापी सर्वेक्षक खत्री ३५ हजार घूससहित पक्राउ


२२ माघ २०७६, बुधबार


घुस

नेपालगन्ज । नापी सर्वेक्षक यामबहादुर खत्री पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले सर्वेक्षक खत्रीसँगै रहेका लेखापढी ब्यवसायी प्रताप केसीलाई ३५ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको हो ।

जग्गाको हालसाविक कायम गर्दिन्छु भन्दै लेखापढी व्यवसायी केसीमार्फत सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस