मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु


प्रशासन संवाददाता

२० माघ २०७६, सोमबार


विराटनगर । मोरङ जिल्लामा आज भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । मोरङको सुन्दर हरैँचा नगरपालिका–१० जरुवामा सोही स्थान बस्ने साइकल यात्री ४७ वर्षीय बाबुराम कार्कीलाई प्रदेश नं १–०२–००१ ख ८१०९ नं को टिपरले ठक्कर दिँदा उपचारका क्रममा प्रदेश(कोशी)अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना गर्ने टिपर र तयसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–१ कान्छी चोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १७ प ७९४ नं को मोटरसाइकललाई मधुमल्ला चिल्ड्रेन एकेडमीको को१ख ७५५६ नं को स्कुल बसले आज ठक्कर दिँदां मोटरसाइकलमा सवार मोरङको मिक्लाजुङ गाउँपालिका–३ का तीन वर्षीया बालिका प्रतीका विकको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको छ ।

स्कुल बसको ठक्करबाट घाइते मोटरसाइकल चालक २६ वर्षीय डेकेस विक, निजको श्रीमती २० वर्षीया सिर्जना विक, सासू ४३ वर्षीया कल्पना ठटाल र तीन वर्षीया छोरी प्रतीका घाइते भएका थिए । बस र बस चालककाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस