एसएसपी राणालाई ५ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसएसपी राणालाई ५ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति


२० माघ २०७६, सोमबार


काठमाडौँ । बलात्कार आरोपमा आत्मसमर्पण गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । ‘जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिन समय प्राप्त भएको प्रहरी अधिकारीले बताएका छन् ।

पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै शुक्रबार प्रहरीमा किटानी जोहरी दिएकी थिइन् ।

राणाले घटनामा सत्यता नभएको बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस