१५ लाखको अक्षयकोष स्थापना « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

१५ लाखको अक्षयकोष स्थापना


१९ माघ २०७६, आइतबार


विराटनगर । विराटनगर महानगरपालिका–१० निवासी सुदर्शनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठले रु १५ लाखको अक्षयकोष स्थापना गरेका छन् । प्रत्येक दुई वर्षमा दुई लाख पुरस्कार तथा सम्मान गर्ने हेतुले श्रेष्ठ दम्पतीले अक्षय कोष स्थापना गरेको हो ।

नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवर्द्धन र जगेर्नाको अभियानमा रहेका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवं सम्मान गर्न श्रेष्ठ दम्पतीले स्थापना गरेको कोषबाट ‘सुदर्शन–कपिल सिरपा’ नामबाट सम्मान एवं पुरस्कार वितरण गरिने कोषका संस्थापक श्रेष्ठले जानकारी दिए ।

कोषबाट पहिलो पुरस्कार वांमय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस