२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको हुवेईमा रहेका नेपालीको उद्धार गर्न विशेष विमान पठाउँदै सरकार

अ+ अ-

काठमाडौंँ । चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकको उद्धार गर्न नेपाल सरकारले विशेष विमान पठाउने भएको छ। कोरोना भाइरस सङ्क्रमण सुरु भएको चीनको हुवेई प्रान्तमा रहेका सबै नेपालीको उद्धार गर्न सरकारले विमान पठाउन लागेको हो।

बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना जारी गर्दै हुबेईमा रहेका नेपालीको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई सम्पर्कमा आउन भनेको छ।

यसअघि त्यस क्षेत्रमा रहेका नेपालीले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए।

नेपालीको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने सूचनामा जनाइएको छ।

चीनसहित २० देशमा कोरोना भाइरस संक्रमण भएपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य संकट’ घोषणा गरेको छ।

चीनमा ११,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म २५९ जनाको मृत्यु भइसकेको छ।

चीनबाहिर नेपालसहित २२ देशमा १०० जनाभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको विवरण प्राप्त भएको छ।