२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनःसञ्चालन गरिने

अ+ अ-

काठमाडौँ । हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बिगत दुई दशकदेखि बन्द रहेको रज्जुमार्ग पुनः सञ्चालनका लागि अध्ययन थालिएको हो ।

२०५६ सालदेखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा–काठमाडौँ सामान ढुवानीको भरपर्दो साधनका रूपमा रहेको ‘रोपवे’लाई बागमती प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको जानकारी दिएका छन् । उनले यसलाई यातायात तथा ढुवानीको इतिहाससँग समत जोडिएको बताएका छन् । उनले पर्यटकीय दृष्टिकोणले समते यो प्रभावकारी रहेको भन्दै अध्ययन पछि प्रतिवेदन अनुसार काम अगाडि बढाइने बताए ।

एसियाकै पुरानो यो रोपवे पहिलो पञ्चवर्षीय योजना (२०१३–१८) अन्तर्गत निर्माण गरिएको थियो ।

हेटौँडादेखि काठमाडौँसम्म यसको कुल लम्बाइ ४२.२ किलोमिटर रहेको छ । यो २०५६ सालमा बिग्रिएको थियो । पुनः मर्मत गर्न चार लाख रुपियाँ मात्रै लाग्ने भएपनि मर्मत सम्भार हुन नसक्दा बन्द भएको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०५९ सालमा यसलाई खारेज नै गरेको थियो ।