सभामुखद्वारा राष्ट्रिय परिचयपत्रदेखि प्रदेश प्रहरी समायोजनसम्मका विधेयक प्रमाणित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सभामुखद्वारा राष्ट्रिय परिचयपत्रदेखि प्रदेश प्रहरी समायोजनसम्मका विधेयक प्रमाणित


१५ माघ २०७६, बुधबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले चारवटा विधेयक प्रमाणित गरेका छन् ।

दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी विधेयकहरु प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका हुन् ।

संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धका व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि सम्बन्धी आठौँ संशोधन विधेयकमा सापकोटाले प्रमाणित गरेरप्रमाणीकरणका निम्तीपठाइएको हो ।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमका व्यवस्था गर्न बनेको विधेयकु राष्ट्रपतिबाट स्वीकृत भएपछि प्रदेश प्रहरी गठनको काम सुरु हुनेछ।

यी दुई विधेयक प्रमाणीकरणसँगै अब प्रदेश प्रहरी गठन र नेपाल प्रहरीका कर्मचारीको प्रदेश प्रहरीमा समायोजनको बाटो खुला हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस