नक्कली प्रमाणपत्रका भरमा ३५ बर्ष स्थायी शिक्षक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नक्कली प्रमाणपत्रका भरमा ३५ बर्ष स्थायी शिक्षक


१५ माघ २०७६, बुधबार


अख्तियार

काठमाडौँ । नक्कली प्रमाणपत्रका भरमा ३५ बर्ष सम्म पढाएका एक शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी ७ पदमपुर, बाँकेमा प्राथमिक तहमा स्थायी भएका प्रा.वि. द्वितीय श्रेणीका शिक्षक उदयराज यादव विरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

अख्तियारले अनुसन्धान गर्दा उनको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन यू.पी. भारतको हाईस्कुल उत्तीर्ण प्रमाणपत्र नै झुठ्ठा रहेको पत्ता लागेको छ ।

सोही नक्कली प्रमाणपत्र पेश गरी यादवले २०४१ कात्तिक २६ गते शिक्षकको रुपमा सेवा प्रवेश गरी गत पुस २९ सम्म कार्यरत रहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नक्कली प्रमाणपत्र पेश गरेर सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गर्नु भ्रष्टाचार हुने भन्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस