शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित


१५ माघ २०७६, बुधबार


काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

नेकपा केन्द्रीय समिति बैठक बुधबार दिउँसो ३ बजे सुरु हुँदैछ । उनलाई केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन बाटो खुलेको छ ।

उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि उनले संवैधानिक प्रावधानअनुरूप पार्टीको सदस्यता त्यागेकी थिइन् ।

सभामुख रिक्त भएपछि त्यसको पूर्तिका लागि उनले नेकपाकै आग्रह अनुसार पदबाट राजीनामा दिएकी
हुन् ।

राजीनामापछि तुम्बाहाङ्फेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस