वीरेन्द्रनगरमा बुधबार बिहानसम्म कर्फ्यू « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वीरेन्द्रनगरमा बुधबार बिहानसम्म कर्फ्यू


१४ माघ २०७६, मंगलबार


काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर मंगलबार दिनभर तनावग्रस्त बनेको छ । बिहान वीरेन्द्रनगर नगरपालिका(३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो ।

भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले किचेको थियो । त्यसलगत्तै आफन्तले कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका थिए ।

उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै सुरु भएको आन्दोलन टिपर चालकलाई नियन्त्रणमा लिँदासमेत रोकिएको छैन ।

प्रशासन र पीडित पक्षबीच सहमति भएर शव उठाउने तयारी भए पनि आन्दोलन नरोकिँदा समस्या उत्तपन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए ।

आन्दोलनकारीले कर्णाली राजमार्ग बन्द गराउनुका साथै त्यस आसपास क्षेत्रमा बजारसमेत बन्द गराएका छन् । साथै आगजनी र तोडफोडमा उत्रिएका छन् ।

टिप्परको ठक्करबाट वीरेन्द्रनगरमा एकजनाको मृत्यु भएपछि उत्तेजित भीडले थप क्षति गर्नसक्ने भन्दै प्रशासनले कर्फ्यूको आदेश जारी गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस