रेडियो नेपालको कर्मचारी सवार गाडि दुर्घटना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रेडियो नेपालको कर्मचारी सवार गाडि दुर्घटना


१४ माघ २०७६, मंगलबार


दाङ । रेडियो नेपालको रोल्पा स्थित टावर मर्मत गरेर दाङ फर्कने क्रममा कर्मचारी सवार बा १ झ ७११७ नम्बरको गाडि दुर्घटनामा परेको छ ।

सोमबार साँझ करिब साढे ५ बजे रोल्पाको सुनिल स्मृति गाउँपालिका स्थित प्रदेशनगर ‘ख’ भन्ने स्थानमा ब्रैकफेल भएर दुर्घटनामा परेको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा रेडियो नेपालका कार्यालय प्रमुख लक्ष्मण पाण्डे, परमेश्वर सुक्ला, ईन्जिनियर शोरभ कार्की, सुवास शाह, गिरिराज निरौला, मनोज गुप्ता र श्रीधर थापा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस