सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश मल्लले हेर्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश मल्लले हेर्दै


१३ माघ २०७६, सोमबार


काठमाडौँ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको छ ।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो ।

आइतबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले आजै सपथ ग्रहण गरी पदभार स्म्हाल्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस