सापकोटा विरुद्धको रिटको सुनुवाई आज नहुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सापकोटा विरुद्धको रिटको सुनुवाई आज नहुने


१२ माघ २०७६, आइतबार


काठमाडौँ । अग्नि सापकोटा विरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने भएको छ ।

न्यायाधीश हरि  फुयाँलले सर्बोच्चको न्यायाधीश हुनुपूर्व पनि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायिकै हैसियतले बहस गरेकाले उनले यो मुद्दा हेर्न नमिल्ने भएको हो ।

सापकोटा विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । सो रिटको सुनुवाइ आज फुयाँलको एकल इजलासमा तोकिएको थियो ।

फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ ।

सम्बन्धित समाचार : १२ गते अदालतमा हाजिर हुन अग्नि सापकोटालाई सर्वोच्चको आदेश

आजै सभामुखमा सापकोटा निर्वाचित हुँदैछन् । सर्वोच्च स्रोतका अनुसार, न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन ।

दुवै न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए ।

सम्बन्धित समाचार : सभामुख निर्वाचन आज : सापकोटा पहिला तारिखका लागि सर्वोच्च कि सभामुखका लागि संसद भवन ?

सभामुख निर्वाचन आज : सापकोटा पहिला तारिखका लागि सर्वोच्च कि सभामुखका लागि संसद भवन ?

Tags :
प्रतिक्रिया दिनुहोस