भन्सार जाँच पासमा एकद्वार प्रणाली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भन्सार जाँच पासमा एकद्वार प्रणाली


१२ माघ २०७६, आइतबार


काठमाडौँ । भन्सार जाँच पासको प्रक्रियामा एक द्वार प्रणाली प्रयोग गरिने भएको छ । एक द्वार प्रणाली लागू गर्नेबारे सन् २०१३ मा विश्व बैङ्क र नेपाल सरकारबिच सम्झौता भए पनि विगत केही महिनायता मात्र यसको कार्यान्वयनका लागि तयारी अगाडि बढेको हो ।

‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ नाम दिइएको यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायहरूले समेत प्राप्त गर् नसक्ने छन् ।

यो नयाँ प्रणालीले फरक फरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट व्यापारीलाई सहयोग पुग्ने विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् ।

यसले व्यावसायिक लागत कम गराई आपूर्ति हुने वस्तुको मूल्य घटाउन सहयोग पुर्‍याउने छ, उनले भने । दुई वर्षभित्र कार्यान्वयनमा ल्याउने योजनाअनुसार विभागले अहिले नेपाल राष्ट्रिय एकद्वार प्रणाली आयोजना कार्यान्वयन एकाइ गठन गरेको छ ।

सम्बन्धित समाचार : अव भन्सार प्रशासनले क्यासको कारोबार गर्दैन : महानिर्देशक दाहाल

अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुने उनले जानकारी दिए ।

करिब एक अर्व रुपियाँ लागतमा प्रणाली लागू गर्न गत जुनमै दुबईको वेब फोन्टेन ग्रुपसँग विभागले सम्झौता गरिसकेको छ । सम्झौताअनुसार अबको डेढ वर्षभित्र यो प्रणाली कार्यान्वयन भइसक्नुपर्ने छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस