२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आश्रमले भेटाइदियो आफन्त

अ+ अ-

बागलुङ । गत मङ्सिर १७ गते राति हरियाणा, भारतका सुखबहादुर बेवारिसे अवस्थामा बागलुङ बजारमा भेटिए । नबोल्ने, नसुन्ने, कमजोर र खोकिरहेको देखेपछि प्रहरीले उनलाई उद्धार गरी मानवसेवा आश्रममा पुर्‍यायो । भौँतारिएर बिरानो ठाउँमा आइपुगेका सुखबहादुरले सुरक्षित आश्रय पाए । सडकबाट उद्धार गर्ने बेला उनीसँग सानो हातेझोलाबाहेक केही थिएन । झोलाभित्र परिचय खुल्ने कागजात, मोबाइल र फोटा थिए । मोबाइलमा ‘सिमकार्ड’ थिएन, न कसैको सम्पर्क नम्बर थियो ।

मतदाता परिचयपत्र र अस्पतालको कागजले उनको पहिचान खुल्यो । चिकित्सकले ‘पूर्ण बहिरा’ भनेर प्रमाणित गरेको कागज सुखबहादुरसँग भेटियो । उनी कसरी बागलुङसम्म आइपुगे केही थाहा हुन सकेन । सुखबहादुरको अरु स्वास्थ्य अवस्था सामान्य छ, मात्र बोल्छन्, सुन्छन् ।

‘आश्रम आएदेखि नै म जान्छु भनेर इशारा गर्नुहुन्थ्यो’, आश्रमकी संयोजक सुमिरा लामाले भनिन्, ‘परिवार, आफन्तसँग पुनर्मिलन गराउनुपर्छ भनेर हामीले शुरुदेखि नै कोसिस गरिरहेका थियौँ ।’ दोहोरो कुराकानी नहुने भएपछि सुखबहादुरको घरपरिवार, आफन्तबारे थाहा पाउन सहज थिएन ।

आश्रममा बस्दा सुखबहादुरलाई घर र आफन्तको सम्झनाले सताउन थाल्यो । घरको माया हातको सङ्केत र मुहारको हाउभाउमा झल्किन्थ्यो । उनी बेलाबेला आत्तिने र बेचैनजस्तो देखिन्थे । आश्रम बसेको झण्डै दुई महिना पुग्न लाग्दा सोमबार सुखबहादुरले चैनको सास फेरे । खुशी फर्कियो ।

उनी केही दिनपछि हरियाणाको फरिदाबाद शहरमा रहेका आफन्तकहाँ पुग्दै हुनुहुन्छ । सुखबहादुरले नै बल्लबल्ल लेखेर दिएको मोबाइल नम्बरले उहाँलाई आफन्तसँग पुनर्मिलन गराउने आश्रमको धोको पूरा भएको हो । ‘जानीनजानी लेख्नुहुन्छ, धेरैचोटी दिएको नम्बर मिलेको थिएन’, लामाले भनिन्, ‘यसपालि चाहिँ नम्बर मिल्यो, कुराकानी भयो ।’

सुखबहादुरले लामालाई छिमेकी राजु थापाको नम्बर दिएका थिए । लामाले सुखबहादुरलाई सडकबाट उद्धार गरी आश्रममा ल्याइदिएको थापालाई सुनाइन् । घरबाट हराएको व्यक्ति एकाएक भेटिएको खबरले थापा परिवारमा खुशी छायो । मोबाइलमा गरिएको कुराकानीले मात्र आफन्त भेटिए भन्नेमा आश्रम विश्वस्त भएन ।

लामाले सुखबहादुरलाई थापासँग ‘भिडियो’ कुराकानी गराइदिने जुक्ति निकालिन् । लामाले थापालाई फेसबुकमा साथी बनाउन प्रस्ताव पठाइन् । थापाले स्वीकार गरे। लामाले थापालाई ‘भिडियो कल’ गरे । लामाले सँगै रहेका सुखबहादुरलाई थापासँग ‘भिडियो कल’मा भेट गराइदिइन् ।

सुखबहादुरले दुई हात जोडेर नमस्ते गर्दै इशाराले बोले। थापा र सँगै रहेकी उनकी श्रीमती सारिका सुखबहादुरलाई देखेर भावुक भए । सुखबहादुर र सारिका ‘भिडियो कल’मै रुए । थापाले छिट्टै लिन आउँछु भनेपछि सुखबहादुर खुशी भए । आश्रमका सदस्य पनि रमाए ।

अविवाहित ५० वर्षीय सुखबहादुरको परिवारमा कोही छैनन् । बुबाआमा गुमाइसकेका उनको सरकारी कागजातमा सुखबहादुर नाम छ, थर छैन । परिवारका सदस्य कोही नभएपछि उहाँ छिमेकी थापा परिवारसँग बस्दै आउनुभएको थियो । ‘उहाँ मेरो बुबाको साथीको छोरा हो, आमाबुबा बितेपछि हामीसँगै बस्दै आउनुभएको छ’, थापाले भने ।

गएको अङ्ग्रेजी महिना ‘डिसेम्बर’ ३ मा सुखबहादुर घरदेखि बेपत्ता भएको उनको भनाइ थियो । ‘कसरी बागलुङ पुग्नुभयो हामी पनि अचम्मित छौँ, मानवसेवा आश्रमले ठूलो गुन लगाएको छ, हामीले कहिल्यै बिर्सने छैनौँ’, थापाले भने । उनले समय मिलाएर केही दिनभित्रै सुखबहादुरलाई लिन बागलुङ आउने बताए ।

बढी मदिरा सेवन गर्ने बानीका कारण बाटो बिराएर बागलुङ आएको हुनसक्ने थापाको भनाइ थियो । यसअघि पनि स्याङ्जामा रहेका थापाका आफन्तलाई भेट्न सुखबहादुर नेपाल आउने गर्थे । थापा र सुखबहादुरका बुबा रोजगारीका क्रममा अर्घाखाँचीबाट भारतको हरियाणा पुगेका थिए । पछि परिवारको स्थायी बसोबास भारतमै भयो । थापा र सुखबहादुर उतै जन्मए । भारतको नागरिक भए ।

‘नागरिकता भारतको भए पनि हामीलाई नेपालको माया छ, दिदीबहिनी, आफन्त त्यतै हुनुहुन्छ, बेलाबेला घुम्न र भेटघाटका लागि नेपाल जान्छौँ’, थापाले भने । जिल्ला प्रहरी कार्यालय बागलुङले बेलैमा सुखबहादुरको उद्धार गरेका कारण आफन्तसँगको पुनर्मिलन सम्भव भएको आश्रमकी संयोजक लामाले बताइन्।

उनका अनुसार विभिन्न जिल्लाका आश्रममार्फत सडकमा अलपत्र १८ भारतीय नागरिकलई उनीहरुको परिवारसँग पुनर्मिलन गराइएको छ । आश्रमको प्राथमिकता पारिवारिक पुनर्मिलन गराउने हो । बागलुङको आश्रममा ३९ असहायले आश्रय पाइरहेका छन् । कोही मानसिक सन्तुलन गुमाएका, कोही परिवार र आफन्त गुमाएका छन् ।

मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले साहाराविहीन बनेका पनि आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले चार वर्षअघि बागलुङमा आश्रम खोलिएको थियो । आश्रमले बागलुङलाई ‘सडक मानवरहित जिल्ला’ बनाउने अभियान थालेको छ ।

आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा उपलब्ध गराइएको छ । आश्रम सञ्चालनको लागि देश विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस