अष्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अष्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द


९ माघ २०७६, बिहिबार


एजेन्सी । अष्ट्रेलियामा डढेलो फैलिएपछि क्यानबेराको विमानस्थल बन्द गरिएको छ । बुधबारदेखि फेरि फैलिएको डढेलोका कारण विमानस्थलका सबै उडान रद्द गरिएका छन् ।

बिहिबार तापक्रम बढेपछि दक्षिण र पूर्वका क्षेत्रहरुमा फेरि डढेलो फैलिएको अधिकारीहरुले बताएका छन् । एउटा डढेलो नियन्त्रण गर्ने विमान पनि राजधानीबाट दुई किलोमिटर टाढा रहेको स्नोइ माउन्टेन्समा दुर्घटनाग्रस्त भएको विवरणहरू आएका छन्।

न्यू साउथ वेल्स रुरल फायर सर्भिसले बिहीवार दिउँसो एउटा ठूलो हवाई ट्याकङ्करसँग सम्बन्ध टुटेको पुष्टि गरेको छ। न्यू साउथ वेल्समा १०० भन्दा बढी डढेलोहरू बलिरहेको बताइएको छ।

क्यानबेरामा भने दुईवटा डढेलो विमानस्थल नजिकै आइपुगेपछि अधिकारीहरूले मानिसहरूलाई विमानस्थलबाट टाढै रहन सुझाव दिएका छन्।

अधिकारीहरूले बुधवार शुरू भएको डढेलोहरू बढेर विमानस्थलको क्षेत्रमा आइपुग्न लागेको बताएका छन्।

सिड्नी र मेलबर्नको बीचमा रहेको क्यानबेराको सीमा क्षेत्रमा ठूला डढेलोहरू हप्तौँदेखि सकृय छन्।

गत सेप्टेम्बरदेखि अस्ट्रेलियामा लागेको डढेलोका कारण ३० जनाको मृत्यु भइसकेको छ। त्यहाँ एक करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरिसकेको छ ।

हालैका दिनमा भएको वर्षाका कारण डढेलोको सङ्ख्या आधा भएको छ। तर अग्नि नियन्त्रण अधिकारीहरूले थोरै वर्षाले अल्पकालीन समाधान मात्रै दिने र जोखिमपूर्ण अवस्था फर्कने बताएका छन्।

सिड्नीमा बिहीवार तापक्रम ४० डिग्री सेल्सीअस पुगेको छ।

सम्बन्धित समाचार : अष्ट्रेलियामा फेरि दन्कियो आगो

Tags :
प्रतिक्रिया दिनुहोस