अष्ट्रेलियामा फेरि दन्कियो आगो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अष्ट्रेलियामा फेरि दन्कियो आगो


९ माघ २०७६, बिहिबार


काठमाडौँ । अष्ट्रेलियामा फेरि आगो नियन्त्रण बाहिर गएको छ । राजधानी केनबाराको एयरपोर्ट नजिकै रहेको जंगलमा फेरी आगो सल्किएपछि शहरका केही स्थान खाली गराइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आगो शहर नजिकै लागेको छ । आगलागी भएका नजिकका क्षेत्रहरु खाली गर्न र प्रभावित क्षेत्र भन्दा टाढै रहन अधिकारीहरुले भनेका छन् । तीव्र हावा र तापमान वृद्धिका कारण बुधबार फेरि स्थिति नियन्त्रण बाहिर गएको छ ।

गत सेप्टेम्बरदेखि सुरु भएको आगलागीबाट २९ जनाको मृत्यु भइसकेको छ भने २५ सय घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । लाखौं जनावरहरु जलेर नष्ट भएका छन् । त्यो भीषण आगलागी नियन्त्रण गर्न मुश्किल परेको थियो । पानी परेका कारण आगो नियन्त्रणमा सफलता मिलेको थियो ।

सामाजिक सञ्जालमा राखिएका केही तस्विरमा राजधानीका उपनगरीय क्षेत्रमाथि धुवाँको मुस्लो फैलिएको देखिएको छ ।

आगलागीबाट विश्वकै १४ औं ठूलो अर्थव्यवस्थामा शंकट परेको बुधबार प्रकाशित आर्थिक सर्वेक्षणमा देखाइएको छ । तीन महिनाको अन्तरालमा घरेलु उत्पादनमा ०.२५ले कमी आउने आंकलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस