धादिङमा युवाको दुई समूहबीच झडप, १ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धादिङमा युवाको दुई समूहबीच झडप, १ जनाको मृत्यु


८ माघ २०७६, बुधबार


धादिङ । धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा युवाबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ ।

मंगलबार राती साढे ७ बजेतिर घटना भएको स्थानीयले जानकारी दिएका छन्। अबेरसम्मसँग रहेका युवाको समूहबीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङमा प्रमुख रविन्द्र रेग्मीका अनुसार दुई समुहबीचको पुरानो आपसी विवादको कारण झडप भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाए पनि घटनाको विस्तृत अध्ययन भइरहेको छ । घटना भएको थाहा पाउने वित्तिकै प्रहरी प्रमुख रेग्मीसहितको टोली राती नै घटनास्थलतर्फ गएको थियो ।

झडपपछि गम्भीर घाइते भएका २५ वर्षीय सन्तबहादुर तामाङको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको छ भने घाइते रविन तामाङको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दार्खामा गुराँस युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसक्रममा रेफ्रीसँग झगडा हुँदा कुटाकुट भएको थियो । यद्यपि, विवादको कारण यो मात्र नभएको प्रहरी आशंका छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा रेफ्री रोशन तामाङ र उनका भाइ रामलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।

झडपमा रड, फलाम लगायतका वस्तु प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस