चीनमा देखिएको कोरोना भाइरस अमेरिकामा पनि भेटियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चीनमा देखिएको कोरोना भाइरस अमेरिकामा पनि भेटियो


८ माघ २०७६, बुधबार


चीन । चीनमा देखिएको कोरोना भाइरस अमेरिकामा पनि भेटिएको छ ।

चीनबाट सुरु भएको उक्त भाइरस सिएटल सहर आएका एक अमेरिकी नागरिकमा देखिएको हो । यो नयाँ भाइरसबाट सङ्क्रमित अमेरिकी पुरुष चीनको वुहान सहरबाट अमेरिका फर्केका थिए ।

श्वासप्रश्वासमा सङ्क्रमण गराउने यो भाइरस पहिलो पटक अमेरिकामा पनि देखा परेको छ ।

चीनमा सङ्क्रमित हुनेको सङ्ख्या ४ सय ४० पुगेको छ भने भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ९ पुगेको छ । यो भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने हुँदा चिनियाँ अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानव जातिमा पहिचान गरिएको थिएन । यो भाइरस ‘जुनोटिक’ भाइरस हो । जुन जनावर र मानिसबिच सर्ने गर्छ । चीनको वुहान सहर हुँदै फैलिएको यो भाइरसले अहिलेसम्म ९ जनाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसको लक्षण रुघा खोकीबाट सुरु हुन्छ ।

कोरोना भाइरसको कारण उत्तर कोरियाले नयाँ नियम लागु गरेको छ । पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले अस्थायी रूपमा विदेशी पर्यटकका लागि सीमा बन्द गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस