सैनामैना वन कार्यालयका प्रमुख घुससहित पक्राउ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सैनामैना वन कार्यालयका प्रमुख घुससहित पक्राउ


८ माघ २०७६, बुधबार


घुस

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।

कार्यालय प्रमुख पुष्पराज श्रेष्ठले सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि माग गरेको ५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।

प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस