उत्कृष्ट बाहिनी अवार्ड डीआईजी अर्याललाई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उत्कृष्ट बाहिनी अवार्ड डीआईजी अर्याललाई


८ माघ २०७६, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरी बलले यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याललाई प्रदान गरिने भएको छ ।

बिहीबार हुन लागेको १९ औं सशस्त्र प्रहरी दिवसको वार्षिकोत्सवका अवसरमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याललाई उक्त अवार्ड प्रदान गर्ने निर्णय भएको हो ।

गतवर्षदेखि उत्कृष्ट बाहिनी अवार्ड दिन थालेको सशस्त्र प्रहरीले बाहिनी कार्यालयमध्ये उत्कृष्ट काम गर्नेलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ । सशस्त्रमा सात प्रदेशमा गरी सात र उपत्यका बाहिनी गरी आठ वटा बाहिनी कार्यालय रहेको छ ।

गतवर्ष सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस