नेपाल एयरलाइन्स फागुन १९ बाट जापानको नारिता उड्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल एयरलाइन्स फागुन १९ बाट जापानको नारिता उड्दै


६ माघ २०७६, सोमबार


काठमाडौं । नेपाल एयरलाइन्सले फागुन १९ गतेबाट जापानको राजधानी टोकियो नजिकैको नारिता विमानस्थलमा उडान थाल्ने भएको छ ।

नेपाल एयरलाइन्सले नारिताका लागि टिकट बिक्रि खुला गरिएको उल्लेख गरेको छ । नेपाल एयरलाइन्सले जापानकै अर्को शहर ओशाकामा उडान गरिरहेको छ । उक्त उडान भने अब रद्द हुने भएको छ ।

वाइडबडी एयरबस-३३० जहाजले नै नारिता उडान गर्ने तयारी रहेको छ । कम्पनीले एकसाथ नारिता र चीनको ग्वाङझाउमा उडान थाल्ने योजना बनाएको थियो । चीनको मिति भने अझै तय भइसकेको छैन ।

जापानमा नेपाल एयरलाइन्सले प्रारम्भमा नारिता जान प्रक्रिया थालेको थियो ।

प्रतिक्रिया दिनुहोस