मोरङमा बम विस्फोट, तीन स्काभेटरमा क्षति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मोरङमा बम विस्फोट, तीन स्काभेटरमा क्षति


६ माघ २०७६, सोमबार


माोरङ । मिक्लाजुङ नगरपालिका– रमितेमा आइतबार राति बम विस्फोट भएको छ । विस्फोटबाट निर्माणधीन किशानचोक– रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा क्षति पुगेको छ ।

राति ९ बजे अज्ञात समूहले गरेको विस्फोटबाट स्काभेटर जलेको स्थानीय बासीले बताएका छन् । राति विस्फोट भएको ठाउँमा बिहान बम पनि भटिएकोले स्थानीयबासी त्रसित छन् ।

विस्फोट नेत्र विक्रम चन्द नेतृत्वले गराएको शंका भए पनि विस्फोटको जिम्मा कसैले नलगेको जनाइएको छ ।

विस्फोटबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरीरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस