होचा कीर्तिमानी खगेन्द्र अस्ताए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

होचा कीर्तिमानी खगेन्द्र अस्ताए


३ माघ २०७६, शुक्रबार


पोखरा । विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। थापामगरको निमोनियाका कारण निधन भएको अस्पतालले जनाएको छ। थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो ।

खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको थियो। बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो। उनको उचाई ५७ सेन्टिमिटर (२२०४ इन्च) थियो। उनले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए। हाल उनी पोखराको सृजनाचोकमा बस्दै आएका थिए।

२०४९ असोज १८ मा जन्मिएका खगेन्द्रको जन्मदाँ तौल जम्मा ६ सय ग्राम थियो। निधनअघि उनको वजन ५.५ केजी थियो।

Tags :
प्रतिक्रिया दिनुहोस