विमल घले हत्या आरोपमा दुई जना पक्राउ « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

विमल घले हत्या आरोपमा दुई जना पक्राउ


१ माघ २०७६, बुधबार


इलाम । गत आइतबार मृतावस्थामा फेला परेका एक युवकलाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलामको सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत दार्जिलिङ विजनबारी घर भएका २९ वर्षीय विजय घले र स्थानीय २८ वर्षीय समुन घलेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै मृतक घलेसँगै रहेको खुलेपछि हत्या गरेको आशंकामा पक्राउ गरेको जनाइएको छ । आइतबार राति १० बजे मादकपदार्थ सेवन गरी झगडा हुँदा ढुङ्गा प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

सोमबार बिहान नजिकैको खोल्सीमा विमललाई मृतावस्थामा स्थानीयवासीले फेला पारेका थिए । घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरीरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र नीलडाम देखिएको थियो । शव परीक्षण गरी मंगलबार परिवारलाई जिम्मा लगाइएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस