काठमाडौँ । राजधानीको टुाडिखेलमा आजदेखि पार्किङ बन्द गरिएको छ । सामाजिक, राजनीतिक तथा सांस्कृतिक गतिविधिका लागि प्रयोग हुँदै आएको टुँडिखेल अनधिकृत अतिक्रमणको चपेटामा परेपछि पार्किङ बन्द गरिएको हो ।
टुँडिखेल बचाउनको लागि ‘अकुपाइ टुँडिखेल’ अभियान थालिएको थियो । कात्तिक २३ गते विशाल मानव साङ्लोले टुँडिखे घेरा हालेको थियो ।
अभियानमा राजनीतिज्ञ, जनप्रतिनिधि, कलाकार लगायतले साथ दिएका थिए । हरेक शनिबार जनचेतनामुलक कार्यक्रम गर्दै आएका अभियन्ताहरुले माघ १ गतेदेखि टुँडिखेलमा पार्किङ निषेध भन्दै ब्यानर टाँगेका छन् । अभियानमा काठमाडौँ महानगरपालिका–२८ ले पनि साथ दिएको छ ।
अहिले टुँडिखेलभित्र अस्थायी बसपार्क, पार्किङ, व्यापारिक टहरा, भ्युटावर निर्माण सामाग्री थुप्रिएका छन्् ।







