२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने

अ+ अ-

काठमाडौं । शाली नदी मेलालाई लक्षित गरेर निर्माणाधीन चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने भएको छ । मेलाका लागि आउने दर्शनार्थीलाई यात्रा गर्न सहज होस् भनेर अहिले तत्काल कालोपत्र नहुने स्थानमा ग्राभेल गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सो सडकमा अहिले थली, सलम्बुटार नजिक र वाग्मती पुल नजिक गरी तीन स्थानमा समस्या रहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । स्थानीयवासीको अवरोधका कारण ठेकेदारले काम गर्न नपाएका थली र सलम्बुटारमा तत्काल सडक कालोपत्र गर्न नसकिए पनि ग्राभेल गर्न आयोजनाले भनेको छ । उनले भने, ‘ठेकेदारले अवरोध गरिरहँदा किन कालोपत्र गर्ने भने पनि हामीले ठेकेदारलाई सम्झाएर कालोपत्र गर्न भनिरहेका छौँ ।’

चार वर्ष पहिले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भएको थियो । दश किमी सडकमध्ये पाँच किमी कालोपत्र सम्पन्न भइसकेको छ भने झण्डै पाँच किमी कालोपत्र बाँकी छ । कालोपत्र गर्न बाँकी सडकमध्ये पनि झण्डै डेढ किमी सडकमा समस्या रहेको इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, ‘पूरै सडक केही दिनभित्रै खाल्डारहित हुनेछ ।’

चाबहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्डअनुसार सडक चौडा भइरहेको छ । चौडाइ मापदण्डअनुसार कायम भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग, वर्षाको पानी जम्मा हुने ढललगायतका पूर्वाधारको निर्माण भइरहेको छ ।

उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गत वर्ष मन्त्रिपरिषद्ले निर्णयकै आधारमा काम अघि बढाउँदा सबै स्थानमा मापदण्डअनुसार सडक निर्माण हुन नसकेको हो । रासस