४ जिल्लाका सीडीओ फेरिए, कारागार व्यवस्थापन विभागका निर्देशक र प्रमुख अध्यागमन अधिकृतको सरुवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

४ जिल्लाका सीडीओ फेरिए, कारागार व्यवस्थापन विभागका निर्देशक र प्रमुख अध्यागमन अधिकृतको सरुवा


२८ पुस २०७६, सोमबार


काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन गरेको छ । आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ४ जिल्लाका प्रजिअसँगै कारागार व्यवस्थापन विभागका निर्देशक र प्रमुख अध्यागमन अधिकृतको सरुवा गरेको हो ।

गृहका अनुसार, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागमा तानेर उनको स्थानमा सहसचिव वासुदेव घिमिरेलाई पठाइएको छ । कारागार व्यवस्थापन विभागमा कार्यरत घिमिरे धादिङको प्रमुख जिल्ला भइसकेका व्यक्ति हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दीर्घनारायण पौडेललाई गृहले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीको भूमिका दिएको छ । जिल्ला प्रशासन कार्यालय, रौतहटको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका किरण थापालाई भने त्यहाँबाट सरुवा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय तानिएको छ ।

गृहमा कार्यरत उपसचिव रमा आचार्यले सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा मौका पाएकी छन् । आचार्यलाई सोलुखुम्बुको प्रजिअ बनाएर पठाइँदा त्यहाँ कार्यरत वेदनिधि खनाललाई भने सहायक प्रजिअ बनाएर रूपन्देही सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस