‘मैनामैनी’ को भिडियो सार्वजनिक « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

‘मैनामैनी’ को भिडियो सार्वजनिक


२७ पुस २०७६, आइतबार


काठमाडौँ । निनाम हाङ राई र वविन किराँतीको स्वरमा रहेको गीत ‘मैनामैनी’ सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीको सरस्वतीनगर स्थित फलैँचामा एक कार्यक्रमबिच गीतकार सङ्घका उपाध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यमा पर्यटन प्रवर्द्धन सम्बन्धी गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको हो ।

दिलीप राई ‘सागर’को शब्द, सन्तोष दुमीको सङ्गीत, दिवेश राईको एरेञ्ज रहेको गीतको भिडियोलाई आंशिक राईले निर्देशन गरेका छन् । उदयपुरको बेलका नगरपलिकाको मैना मैनीको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको गीतको भिडियोमा नग्मा श्रेष्ठ, निनाम हाङ राई, सरिता राई, मनीषा राईलगायतलाई फिचरिङ गरिएको छ । सुरज खनालले छायाङ्कन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि शुभ मुकारुङले गीत राम्रो रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरिएको यो गीतको भिडियोमा प्राकृतिक सुन्दरताले भरिपूर्ण मैना मैनी घुम्नका लागि गीत मार्फत आग्रह गरिएको गायक निनामले बताए । यस्तै अतिथिहरूले बधाई तथा शुभकामना दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस