३६ वर्षदेखि साङ्लोले बाँधेर राखेका व्यक्तिको उद्धार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

३६ वर्षदेखि साङ्लोले बाँधेर राखेका व्यक्तिको उद्धार


२५ पुस २०७६, शुक्रबार


काठमाडौँ । ३६ वर्षदेखि साङ्लोले बाँधेर राखेका डिक बहादुर खड्काको उद्धार गरिएको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले ३६ वर्ष देखि साङ्लोमा बाँधेर राखेका इटहरी २० का ५३ वर्षीय खड्काको उद्धार गरी स्वास्थ्य उपचारका लागि धरान लगेकी हुन् ।

धेरै वर्ष अघि उपचारको प्रयास गरे पनि नभएपछि थेग्न नसकेर बाँधेर राखिएको परिवारजनको भनाई छ । खड्का मानसिक बिरामी रहेका कारण बाँधेर राख्नुपरेको परिवारजनले बताएका छन् ।

२०३६ सालमा लडेर बेहोस भएपछि खड्कामा मानसिक समस्या देखिएको परिवारबाट थाहा भएको इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले बताए ।

आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको हुनसक्ने छर छिमेकको भनाई छ । खड्काको निशूल्क उपचारका लागि इटहरी उपमहानगरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ ।

तत्कालको खर्चका लागि उपमहानगरको तर्फबाट १० हजार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस