तलब नपाएपछि शिक्षक र कर्मचारीले गरे नगरपालिकामा तालाबन्दी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तलब नपाएपछि शिक्षक र कर्मचारीले गरे नगरपालिकामा तालाबन्दी


२४ पुस २०७६, बिहिबार


रौतहट । रौतहटको उतरीभेगस्थित फतुवा बिजयपुर नगरपालिकामा बुधबारदेखि अनिश्चितकालिन तालाबन्दी गरिएको छ । बुधवार दिउँसो शिक्षक लगायत सैयौंको संख्यामा गएका कर्मचारीहरुले नगरपालिकाभित्र रहेका कर्मचारीलाई बाहिर निकाली मुलगेटमा तालाबन्दी गरेका हुन् ।

साउन महिनादेखिको तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले तालाबन्दी गरेका हुन्। नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यका र अन्य कर्मचारीहरुले बुधबार नगरपालिकाको ढोकामा ताला लगाइदिएका हुन्। तलबको माग राख्दै गत असोज ६ गतेदेखी शान्तिपुर्ण रुपमा आन्दोलन गदै आएपनि नगरपालिकाले वेवास्ता गरेको बिजयपुर माविका प्रधानाध्यापक सुदामा यादवले बताए। तलब नपाएसम्म आन्दोलन जारी हुने उनको भनाइ छ।

जनप्रतिनिधिहरुको विवादले कर्मचारीलाइ मार परेकोले जतिसक्दो चाँडो तलब उपलब्ध गराउन कर्मचारीहरुको माग छ। यो नगरपालिकामा १ सय ९३ जना शिक्षकसहित २ सय ८० भन्दा बढी कर्मचारी कार्यत छन्। यी कर्मचारीले गत साउन महिनादेखिको तलब पाएका छैनन्।

असार मै गरिसक्नुपर्ने नगर सभा समयमा नगरिदिदा कर्मचारीहरुले तलब खान नपाएका हुन।

Tags :
प्रतिक्रिया दिनुहोस