प्रदेश लोक सेवा आयोगको अध्यादेश प्रस्तुत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश लोक सेवा आयोगको अध्यादेश प्रस्तुत


२४ पुस २०७६, बिहिबार


हेटौंडा । प्रदेश नं ३ को प्रदेशसभाको बुधवार बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७६ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका छन् ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले विषयगत समितिका सदस्यहरुको हेरफेर गर्ने क्रममा भक्तपुरबाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेललाई अर्थ तथा विकास समितिको सदस्यमा तथा प्रभात तामाङ र पुकार महर्जनलाई सार्वजनिक लेखा समितिको सदस्यका साथै भीमसेन खत्रीलाई कृषि, शिक्षा, स्वास्थ्य समितिमा प्रदस्थापन गरिएको उल्लेख गरे ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आज पुस २४ गते दिनको ३ बजे बस्ने गरी बुधवार सञ्चालन भएको बैठक २ घण्टा १० मिनेटको समय व्यथित गरिएको थियो ।

सत्तारूढ संसदीय दलको बैठक हेटौँडामा आज बिहान बस्ने

प्रदेश नं ३ सत्तारूढ नेकपा संसदीय दलको बैठक आज २४ गते बिहान ८ बजे हेटौँडामा बस्ने भएको छ ।

उक्त संसदीय दलको बैठकमा प्रदेशको नामकरणका साथै स्थायी राजधानीको विषयमा तत्कालै प्रदेशसभाको बैठकमा प्रक्रियागत रुपमा टुङ्गो लगाउन प्रदेशसभाका सदस्यहरुबीच विचार–विमर्श गरी सर्वसहमतिबाट निकास दिनेतर्फ पहल गरिने नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस