निर्भया बलात्कार घट्नाका दोषीहरूलाई ८ माघमा मृत्युदण्ड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्भया बलात्कार घट्नाका दोषीहरूलाई ८ माघमा मृत्युदण्ड


२२ पुस २०७६, मंगलबार


एजेन्सी । भारतको नयाँ दिल्लीमा एक किशोरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

पटियाला हाउस अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको हो ।

उक्त अदालतले ८ माघका लागि मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविरुद्ध ‘डेथ वारेन्ट’ जारी गरेको हो ।

१३ सेप्टेम्बर २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गर्‍यो ।

आरोपी मध्येका राम सिंहले २०१३ मै तिहाड जेलमा आत्महत्या गरेका थिए भने एक नाबालकलाई बालसुधार गृहमा पठाइएको छ ।

राम सिंहले चलाउने बसमा १६ डिसेम्भर २०१२ मा निर्भयामाथि बलात्कार भएको थियो । सामूहिक बलात्कारमा परेकी निर्भयाको केही दिनपछि मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस