डीआइजी पोखरेलको निर्देशन : उच्च तहका प्रहरी अधिकृतले जवानको मेसमा खाना खानुपर्ने, हप्तामा एक दिन उनीहरुको ब्यारेकमा सुत्नुपर्ने ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डीआइजी पोखरेलको निर्देशन : उच्च तहका प्रहरी अधिकृतले जवानको मेसमा खाना खानुपर्ने, हप्तामा एक दिन उनीहरुको ब्यारेकमा सुत्नुपर्ने !


२० पुस २०७६, आइतबार


काठमाडौं । महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उच्च तहका प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने निर्देशन जारी गरेका छन् ।

संठनमा माथिल्लो र तल्लो दर्जाका प्रहरी कर्मचारीबीच विभेद हुँदै आएको थियो । यस्तो विभेद विरुद्ध प्रहरी संगठनभित्रै गुनासो समेत बढेको थियो । डिआइजी पोखरेलले माथिल्लो तहका प्रहरी अधिकृतहरुले पनि तल्लो तहका प्रहरी कर्मचारीको दैनिकीप्रति जानकार हुन यस्तो नियम लगाइएको बताएका छन् ।

डिआइजी पोखरेलले माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरुले हप्ताको कम्तिमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने पनि निर्देशन जारी गरेका छन् ।

आइतबार महानगरीय प्रहरी परिसर ललितपुर तथा मातहतका प्रहरी कार्यालयको निरीक्षणमा निस्किएका डिआइजी पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्याको समाधान संगठन भित्रैबाट खोज्नुपर्ने बताएका छन् ।

डिआइजी पोखरेलले संगठन भित्रका समस्याहरुलाई बाहिरी प्रचारको विषय नबनाउन पनि प्रहरी कर्मचारीलाई सचेत गराएका छन् ।

डिआइजी पोखरेलले जनतालाई प्रवाह गर्ने सेवा निष्पक्ष, समान र सम्मानजनक हुनुपर्ने पनि बताए ।

प्रहरी कर्मचारीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिँदै डिआइजी पोखरेलले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने समेत बताए ।

डिआइजी पोखरेलले आफ्नो गलत स्वार्थ र गलत आचरणका कारण जानी जानी गल्ती गर्ने प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा माफ गर्न नसकिने चेतावनी समेत दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस