नक्‍कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध भ्रष्टचारको मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नक्‍कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध भ्रष्टचारको मुद्दा


१७ पुस २०७६, बिहिबार


अख्तियार

काठमाडौं । सिन्धुलीको सुनडाँडा भद्रकाली प्राथमिक विद्यालयमा कार्यरत एक शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

शिक्षिका ज्ञानु रायमाझीले भारतको विहार विद्यालय परीक्षा बोर्ड पटनाबाट जारी गरिएको हाइस्कुल तहको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी लाभ सुविधा लिएको भन्दै आयोगले उनीविरुद्ध मुद्धा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

रायमाझी २०५४ साल भदौ १४ गते अस्थायी नियुक्ति लिएर शिक्षण पेशामा प्रवेश गरेका थिए । सोही शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा रायमाझी ०६३ साल साउन ३० गते प्राथमिक शिक्षकको रुपमा स्थायी नियुक्ति लिएका थिए । ।

Tags :
प्रतिक्रिया दिनुहोस