गृहमन्त्रीद्वारा आईजीपी खनालद्वयलाई सम्मान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्रीद्वारा आईजीपी खनालद्वयलाई सम्मान


१७ पुस २०७६, बिहिबार


काठमाडौँ । बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) द्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल पुरस्कृत भएका छन् ।

बेरुजु फस्र्यौैटमा उल्लेखनीय भूमिका निर्वाह गरेको गृहमन्त्री रामबहादुर थापाले दुई आईजीपी र गृहसचिव प्रेमकुमार राईसहित ९ जनालाई पुरस्कृत गरेका हुन्।

आर्थिक वर्ष २०७४/०७५ को बेरूजु फर्छ्यौटमा सबैभन्दा बढी प्रतिशत हासिल गर्ने नेपाल प्रहरी (८८.५ ) र सशस्त्र प्रहरी बल(८६.९६) प्रतिशत लाई मन्त्रालयले बिहीबार पुरस्कृत गरेको हो।

मन्त्रालयका अनुसार अध्यागमन विभागले ८४.६२ र गृह मन्त्रालयले ७४.४१ प्रतिशत बेरूजु फर्छ्यौट गरेका छन्।

मन्त्रालयका अनुसार अन्य पुरस्कृत हुनेमा गृहका सहसचिव महादेव पन्थ, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल, गृहका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र नरबहादुर कुँवर छन्।

Tags :
प्रतिक्रिया दिनुहोस